माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी भएका छन् । र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सीता अधिकारी विजयी भएकी छिन्।

आइतबार मध्यराति सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरसहित पराजित गरेका हुन् । मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा विक्रमले ६ हजार ६१७ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी भएकी छन् । अर्का प्रत्यासी नेकपा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।

  • २ जेष्ठ २०७९, सोमबार ०८:४८ प्रकाशित