पोखरामा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटको अग्रता निरन्तर

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार मत गणना हुँदा एक हजार एक सय २१ मत सहित अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले एक हजार ४० मत सहित पछ्याइरहेका छन् । राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याएका छन् भने भने अटेरी समूहबाट स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनका कोपिला रानाभाटले एक हजार २४६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त गर्दै पछ्याइरहेकी छन् ।

उप प्रमुखमा राप्रपाकी रञ्जना सेनले एक सय ६५ मत प्राप्त गरिन् । अहिले वडा १, २, १२, २३ र २४ को मतगणना भइरहेको छ भने २५ को मत गणना सुरु हुन लागिरहेको छ ।

  • १ जेष्ठ २०७९, आईतवार १५:३४ प्रकाशित