अन्नपूर्णमा कांग्रेसका कुँवरको अग्रता, एमालेका केसी १२७ मतले पछाडी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् ।

उक्त गाउँपालिकाको वडा नम्बर ७ देखि ११ नम्बर वडाको मत गणनामा कांग्रेसका युवराज कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका विष्णु केसीले १७७७ मतका साथ पछ्याइरहेका छन् ।

पालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसका खिमकुमारी गुरुङले २०४३ मत सहित उपाध्यक्षमा अग्रता लिएकी हुन् ।

उनलाई एमालेका उपाध्यक्ष उम्मेदवार चन्द्रकला अधिकारी देवकोटाले १७८५ मतसहित पछ्याईरहेकी छन् ।

 

  • १ जेष्ठ २०७९, आईतवार १५:२१ प्रकाशित