पोखरामा गठबन्धनको अग्रता बढ्यो, दुई हजार मत गन्दा १९९ ले अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा गठबन्धनका मेयर पदका उम्मेदवार एकीकृत धनराज आचार्यले अग्रता बढाएका छन् ।

दुई हजार मत गन्दा उनले प्रतिस्पर्धी एमालेका कृष्ण थापाले भन्दा १९९ मतले अग्रता लिएका छन् । धनराजले दुई हजार मत गन्दा ९०२ ल्याएका छन् ।

एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले ७०३ मत सहित धनराजलाई पछ्याईरहेका छन् । अहिले वडा नम्बर १, २ र १२ नम्बर वडाको मतगणना जारी छ ।

  • १ जेष्ठ २०७९, आईतवार १०:१८ प्रकाशित