पोखराको मेयरमा गठबन्धनका आचार्य पुन : अगाडि, पच्छ्याउँदै थापा

केन्द्रभाग मिडिया

पोखराको मेयरमा गठबन्धनका आचार्य पुन : अगाडि, पच्छ्याउँदै थापा

पोखरा  ।
पोखरा महानगरपालिकामा पुन : गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका हुन् ।

उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले २१८ मत सहित पच्छ्याएका छन् । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले २६८ मतका साथ अग्रता कायम राखेकी छन्। उनलाई एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले २१० मत ल्याएर पच्छ्याइरहेकी छन् ।

पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

 

  • १ जेष्ठ २०७९, आईतवार ०२:२२ प्रकाशित