पोखरामा रोचक प्रतिस्पर्धा, ३०० मत गन्दा मेयरमा एमालेका थापा अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा गठबन्धन दल र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा देखिएको छ । हरेक पटक मतगणनाको परिणाम आउँदा आलोपालो गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले आलोपालो अग्रता लिइरहेका छन् ।

महानगरपालिकामा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन् ।

उनले ११३ मत ल्याउँदै अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले १०९ मत ल्याएर थापालाई पच्छ्याएका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले १२७ मतका साथ अग्रता लिएकी छन् । उनलाई एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ११५ मत ल्याएर पच्छ्याइरहेकी छन् ।

पोखरामा मेयर पदमा आचार्य र थापा सहित २३ जनाले उम्मेदवारी दिएका थिए भने उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका थिए । पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • १ जेष्ठ २०७९, आईतवार ००:१४ प्रकाशित