पोखरामा गठबन्धनको पुन अग्रता, दुई मतले धनराज आचार्य कृष्ण थापा भन्दा अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा पुन गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पोखरामा २०० मत गन्दा गठबन्धनले पुन अग्रता लिएको हो ।

गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ७६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई ७४ मतका साथ एमालेका कृष्ण थापाले पच्छा्याएका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ८३ मतका साथ अग्रता लिएकी छन् । उनलाई एमालेको तर्फबाट उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पच्छ्याइरहेकी छन् ।

पोखरामा राप्रपाको तर्फबाट मेयरका उम्मेदवार शंकर खरालले ११ मत ल्याएका छन् भने अटेरी अभियानका अभियान्त मेयर उम्मेदवार गनेश पौडेलले ७ मत ल्याएका छन् ।

पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • ३१ बैशाख २०७९, शनिबार २२:१२ प्रकाशित