पोखरामा गठबन्धनको सुरुवाती अग्रता

केन्द्रभाग मिडिया

पोखरा
पोखरा महानगरपालिकाको प्रारम्भिक मत गणना अनुसार मेयर उपमेयरमा गठबन्धन र एमाले उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको तर्फबा मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत ल्याएका छन् । ५० मत गन्दा उनलाई नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदावर कृष्ण थापाले २२ मतका साथ उनलाई पच्छ्याएका छन् ।

गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी कोपिला रानाभाटले २२ मत ल्यायर प्ररारम्भक अग्रता लिएकी छन् । उनले २२ मत ल्याएकी छन् भने एमालेको तर्फबाट उपमेयर उम्मेदवार बनेकी मञ्जु गुरुङले २० मत ल्याएर कोपिलालाई पच्छ्याएकी छन् ।

पोखरा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • ३१ बैशाख २०७९, शनिबार २०:४२ प्रकाशित