मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत ल्याइन् ।

  • ३१ बैशाख २०७९, शनिबार ०७:२४ प्रकाशित