मनाङको चामेमा एमालेका घले फेरि बने अध्यक्ष

केन्द्रभाग मिडिया

मनाङ ।
मनाङको चामे गाउँपालिकामा नेकपा एमालेलेल विजयी सुरुवात गरेको छ । चामे गाउँपालिकाको अध्यक्ष एमालेका लोकेन्द्रबहादुर घलेले विजयी भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएक हुन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत प्राप्त गरिन् ।

  • ३१ बैशाख २०७९, शनिबार ०६:५६ प्रकाशित