हालसम्म गण्डकीमा ५० प्रतिशत मत खस्यो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गोरखाको एक मतदान केन्द्रबाहेकका अन्य सबै मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भईरहेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले  जनाएको छ ।

हालसम्म गण्डकी प्रदेशमा ५० प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।उनको अनुसार गोरखाको एक मतदान केन्द्रबाहेक सबै मतदान केन्द्रको अवस्था सामान्य र शान्तिपूर्ण छ ।

उनले भने,‘गोरखाको एक मतदान केन्द्रबाहेक गण्डकीका अन्य सबै स्थानमा मतदान सौहार्दपूर्ण वातावरणमा भईरहेको छ । गोरखाको एक मतदानकेन्द्रमा केही समस्या आएको भन्ने अपुष्ट खबर पाएको छु । के रहेछ बुझ्दैछु। ’

यता कास्कीमा पनि हालसम्म ५० प्रतिशत मत खसेको उनले बताए ।गण्डकीमा कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएका छन् ।कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तय भएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार १३:५४ प्रकाशित