मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बेच्न नपाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।

मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

स्थानीय तह निर्वाचन निर्देशिका–२०७८ को दफा–७१ अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्था छ । वैशाख ३० मा निर्वाचन सम्पन्न नभएसम्म देशभर मदिरा बेच्न र सेवन गर्न पाइदैन ।

  • २८ बैशाख २०७९, बुधबार १४:५४ प्रकाशित