तनहुँमा एमाले र गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

तनहुँ ।

तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । चुनावी सभामा गएका बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुई पक्षबीच झडप हुदाँ ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।

सोमबार घिरिङ गाउँपालिका(१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

  • २७ बैशाख २०७९, मंगलवार १७:१५ प्रकाशित