सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
सूचनामा शिक्षण संस्थामा दिइने बिदाका विषयमा भने केही उल्लेख छैन।
दसैँतिहारका सार्वजनिक बिदाबाहेक लगातार दुई दिनभन्दा बढी बिदा भएमा गृह मन्त्रालयले निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। यसरी सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन्।
मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।