श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

केन्द्रभाग मिडिया

प्रर्दशनकारीले राजापाक्षे परिवारको घरमा गरेको आगजनी

एजेन्सी ।

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् ।

आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे मन्त्री र सांसदहरुको घरमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् ।

उनीहरुले गोटाबाया राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।

तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए ।

  • २७ बैशाख २०७९, मंगलवार ०८:४३ प्रकाशित