पोखरा आएर ओलीले भने,‘आँखा झिमिक्क गर्न हुन्न, धाँधली हुनसक्छ’

केन्द्रभाग मिडिया

File photo

कास्की ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताएका छन् ।

नेकपा एमालेले पोखरामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क गर्न नहुने भन्दै कार्यकर्तालाई सचेत गराए । ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ ।शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।आँखा झिमिक्क समेत गर्न हुदैँन’

उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे ।

  • २६ बैशाख २०७९, सोमबार १५:०५ प्रकाशित