काठमाडौं ।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तर्गत हुन लागेको मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ।
वायुसेवा सञ्चालक संघ, नेपालले मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको छ ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।
संघले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।