गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य हो : देउवा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताएका छन् ।आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए ।

उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’

ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी छ ।’

  • २५ बैशाख २०७९, आईतवार १४:४८ प्रकाशित