पोखरा आउँदै प्रचण्ड, गठबन्धनका उम्मेदवारलाई मत माग्ने

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउँदै छन् । गठबन्धनले देशव्यापी गरिरहेको चुनावी सभाको क्रममा प्रचण्ड आज पोखरा आउन लागेका हुन् । प्रचण्डले आज पोखरामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यसअघि हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएकोे नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।

संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।

  • २५ बैशाख २०७९, आईतवार ०८:४० प्रकाशित