प्रचण्डले अन्तिममा चिसै पानीले नुहाउने ओलीको ठोकुवा

केन्द्रभाग मिडिया

सुनसरी ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् । इटहरीमा आज आयोजित चुनावी सभामा एमाले उम्मेदवारको पक्षमा मत माग्दै अध्यक्ष ओलीले प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिममा चिसै पानीले नुहाउने ठोकुवा गरे ।

‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी,’ ओलीले भने ।

ओलीले गठबन्धन मुलुक लुटनका लागि मात्रै भएको ठोकुवा पनि गरे। ओलीले भने ‘यो गठबन्धनका काम त सरकार बनाउने, बाँढीचुँडी खाने, नातागोता पार लगाउने ।’ अध्यक्ष ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको भन्दै बैशाख ३० मा पराजय गरेर जवाफ दिनुपर्ने बताए ।

  • २४ बैशाख २०७९, शनिबार १५:५२ प्रकाशित