चार ओटा आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

विराटनग   । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का चार ओटा आमसभालाई सम्बोधन गर्न लाग्नुभएको छ । एमाले अध्यक्ष ओलीले आज सुनसरी र मोरङका चार आमसभालाई सम्बोधन गर्न लाग्नुभएको हो ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार ओली आज विहान ११ बजे बिराटनगर आइपुग्ने कार्यक्रम छ । ढकालका अनुसार आज ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुनसरीबाट विराटनगरमा आएपछि अध्यक्ष ओलीले जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली विराटनगरको भेलालाई सम्बोधन गरी मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्बोधन गर्न जानुहुनेछ । ढकालका अनुसार छुट्टाछुट्टै चार स्थानमा चुनावी सभालाई सम्बोधन गरी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

  • २४ बैशाख २०७९, शनिबार ११:२५ प्रकाशित