पोखरा।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ कि दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भएकी छिन् ।
राष्ट्रिय सुचना आयोगले गरेको कार्यक्रममा हालका उपराष्ट्रपति नन्द किशोर पुनले उनलाई उत्कृष्ट अभियान्ताको पुरस्कार प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशमै पहिलो महिला र नेपालमै सबै भन्दा कान्छी उमेरकी सुचना अभियान्ताको रुपमा उनलाई नगद सहित प्रमाण पत्र र खादाले सम्मान गरिएको हो । सुचनाको हकलाई नागरिक समक्ष पुर्याउन अतुलनीय देनलाई राष्ट्रिय सुचना आयोगले विनय कसजु उत्कृष्ट सुचना अभियान्ताको रुपमा पुरस्कृत गरेको छ।
राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट ५ जना सूचना अधिकारीलाई र उत्कृस्ट चार जना अभियन्तालाइ पुरस्कृत गरेको हो ।