भोजपुर।
भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ ।
षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको हो। बालिकाका आमा बुबा घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको हो । खेममणि तामाङ र उनकी श्रीमती मिना तामाङ घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएको छ ।