उच्च अदालतद्धारा पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश माग

केन्द्रभाग मिडिया

पोखरा ।

पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले मागेको छ ।

बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा पल हाल थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आरोपित शाहले दुबै जिल्ला जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो ।बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको हो ।

  • २२ बैशाख २०७९, बिहीबार १६:१३ प्रकाशित