तेस्रो टी–२० मा नेपाल विजयी, जिम्बावे ‘ए’ ८ विकेटले हार्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हराउँदै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का हिर्काए । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।

यसअघि रोय काइयाको ४९ रनको मतले जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । त्यस्तै, तादिवानासे मारुमानीले २७ तथा लुक जोङवेले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

  • २१ बैशाख २०७९, बुधबार १६:५७ प्रकाशित