मतपत्र ढुवानी शुक्रबारसम्म सकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ ।

आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए ।

हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ । स्थानीय तह निर्वाचन हुन भने अबको ९ दिनमा हुनेछ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।

  • २१ बैशाख २०७९, बुधबार १०:४३ प्रकाशित