काठमाडौं ।
गायक राजु लामाले विश्वकै सर्वाधिक उचाईमा कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन् ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका हुन् । उनले सगरमाथाको क्याम्प(३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाएका थिए ।
जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए ।
राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।
मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।
‘