अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

“प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए ।

  • २० बैशाख २०७९, मंगलवार ११:२८ प्रकाशित