दाङ ।
दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ ।
बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।
बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।