आयोगको चेतावनी : सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरितका सामाग्री कडा कारबाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन अवधिभर सामाजिक सञ्जालमा कडा निगरानी राख्ने बताइरहेको निर्वाचन आयोगले जथाभावी पोष्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने बताएको हो ।

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।

उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिने स्पष्ट पारे ।

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले विभिन्न निर्णयहरु गरेको जानकारी गराए ।

उनले चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।

  • १८ बैशाख २०७९, आईतवार १७:०५ प्रकाशित