गठबन्धन कौरव हुन्, हामी पाण्डव हौं : पृथ्वी सुब्बा गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाँच दलीय गठबन्धनलाई कौरव र एमालेलाई पाण्डव भनेका छन् ।

निर्वाचनलाई महाभारत युद्धको संज्ञा दिँदै उनले ‘एकातर्फ पाँच दलीय गठबन्धन छ । त्यो देख्दा धेरै लाग्न सक्छ । कौरव सय जना थिए । पाण्डवहरु पाँच जना थिए । सधैं निस्ठा पूर्वक हिँडे । बनबास गए । तर कौरवहरु सुखसयल र बेबिचारमा लागे । पाँच दल कौरव हुन् । हामी पाण्डव हौं । हामी सत्यको पक्षमा लागेकाले जित्नु पर्छ’

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेको उपमहासचिव गुरुङले एमालेका उम्मेदवारलाई हार्ने छुट नरहेको धारणा राखे । एमालेको लागि चुनाव ठूलो लडाइँको विषय रहेको भन्दै चुनवा हार्दा जनताले हार्ने र विदेशी दलालहरुले जित्ने उनको तर्क छ ।

उनले पोखरामा वर्तमान मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङले उत्कृष्ट काम गरेको बताए ।

  • १७ बैशाख २०७९, शनिबार १७:५५ प्रकाशित