एमाले नेतृत्वको गठबन्धन प्रतिगामी : रामचन्द्र पौडेल

केन्द्रभाग मिडिया

तनहुँ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन्।

तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताए। उनले लोकतन्त्र, संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गरे। सत्तारुढ दलहरुका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन प्रतिगामी भएको बताए।

पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे।

उनले भने ‘चुनावमा जाँदा जनतामा कन्फ्युवन हुने कुरा बोल्न हुँदैन। विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहन्छ। गाँउको विकास र लोकतन्त्र जोगाउँछौ। लोकतन्त्र संविधान जोगाउन गठबन्धन गरेको हो। राजनीति स्थायी गरेर विकासको बाटो लैजान गठबन्धन गरिएको हो।’

नेता पौडेलले युवाको विदेश पलायन हुने अवस्था रोक्नका लागि गाँउमा आम्दानी गाँऊमै रोजगारीको अभियान कांग्रेसले थाल्न लागेको बताए। पौडेलले कांग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए।

  • १७ बैशाख २०७९, शनिबार १२:२५ प्रकाशित