पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरी हिरासतमा रहेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

बलात्कारको आरोप लागेका पल शाहले जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।शाह झण्डै दुई महिना देखि प्रहरी हिरासतमा रहेका छन् ।

  • १५ बैशाख २०७९, बिहीबार १६:५४ प्रकाशित