राजविराज ।
सप्तरीमा बिहेमा झडप हुँदा एक युवकको ज्यान गएको छ । डिजे बनाउने विषयमा भएको विवादमा खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको ज्यान गएको हो ।
सोमबार भएको झडपमा घाइते भएका उनको आज (बुधबार) उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
रामचन्द्र पासवानको घरमा सोमबार राति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।