कास्कीको मादीमा कांग्रेका देवीजंग गुरुङले ७ मत ल्याएर पाए टिकट

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले देवीजंग गुरुङलाई अध्यक्षको पदको उम्मेद्वार बनाएको छ । गएको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका गुरुङले अहिले पनि उम्मेदवार बन्ने मौका पाएका हुन् ।

पार्टीमा सहमती जुट्न नसके पटि भएको मतदानमा गुरुङले सबैभन्दा बढि ७ मत ल्याएका छन् । १४ सदस्यीस संसदीय बोर्डमा मतदान भएको थियो । अध्यक्षका आकांक्षी अर्जुन गुरुङले ५ र लेखबहादुर गुरुङले २ मत ल्याएका थिए ।

  • १२ बैशाख २०७९, सोमबार ११:५७ प्रकाशित