सेनाको ब्यारेक भित्र गोली चल्दा घाइते भएकी सिपाहीको मृत्यु

केन्द्रभाग मिडिया

कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा २४ वर्षीया सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो ।

बुधबार साँझ डियुटीमा खटिएकै बखत आफैले बोकेको हतियारले राजवंशीले आफ्नो पेटमा २ राउण्ड गाली हानेकी थिइन।गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा थप उपचारकालागि लगिएको थियो । सिपाही राजवंशीको आज बिहान ३ बजे निधन भएको हो।

घटनाको अनुसन्धान सुरू गरेको जनाइएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार १२:५६ प्रकाशित