दिल्लीमा मास्क नलगाउनेलाई ५०० जरिवाना, स्कुलहरु बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि फेरि मास्क अनिवार्य गरिएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने जनाएको छ ।

संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले स्कुलहरू बन्द गर्ने भएको छ । तर सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए ।

कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार ०९:२९ प्रकाशित