पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया मौसम सफा छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।