पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंसिक बदली रहेको छ ।
दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंसिक बदली रहने छ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ।
राति देशका पहाडी भू-भागहरूमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ ।
प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक/दुई स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।