काठमाडौं ।
कोभिडको कारण पछि धकेलिएको १२ औं राष्ट्रिय जनगणना आजदेखि सुरु हुदैँछ ।
जनगणनाको पहिलो चरणमा आज घर तथा परिवारको सुचिकरण सुरु गर्ने केन्द्रिय तथ्यांक विभागले जनाएको छ । विभागको अनुसार सुचीकरणमा घर सदस्यहरुको बिवरण लिइने छ ।
७७ वटै जिल्लामा एकैसाथ घर तथा घरपरिवारको सुचिकरण सुरु हुने भएको हो । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, व्यवसायीक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।
व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ । यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यवसायीक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ ।
जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ ।
विभागले बताएअनुसार सुचीकरण असोज १८ गते भित्र सकिने छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ । यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् ।
यस अघि गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण रोकिएको थियो ।