सक्रिय राजनीतिमा भुवन केसी, काठमाडौंको मेयरमा उठ्ने

केन्द्रभाग मिडिया

पोखरा ।

अभिनेता भुवन केसी राजनीतिमा सक्रिय हुनेभएका छन् । राजनीतिमा सक्रियतासंगै उनी काठमाडौंको मेयरमा उठ्ने पक्का भएको छ । उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन् ।

पार्टीले केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको नेपालको भनाइ छ । उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको छ ।

  • २३ चैत्र २०७८, बुधबार ०८:४९ प्रकाशित