बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।
बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा आज नेपाली कांग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, नेमकिपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले आफ्नो धारणा राखेका थिए ।

  • ३० फाल्गुन २०७८, सोमबार १६:३८ प्रकाशित