पोखरा ।
नेपाली कांग्रेस कास्कीले घर घर जाऔँ , काङ्ग्रेस जिताऔँ अभियानको सुरुवात गरेको छ । पार्टी कार्यालय चिप्लेढुङगामा आयोजित एका कार्यक्रमकाबीच कांग्रेस केन्द्रीय सदस्य धुर्व वाग्लेले अभियानको सुरुवात गरे ।
अभियानको उद्याटन गदै वाग्लेले कांंग्रेस भित्रको आन्तरिक एकतालाई मजबुत बनाउन आग्रह गरे । पार्टी नेतृत्वबीच अहिले कुनै विग्रह नगरेको उनले दावी गरे । सभापती शेरबहादुर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेर र शेखर कोइरालाले पार्टीमा भागबण्डाको राजनीति अन्तय गरेको उनको भनाई थियो ।
कांग्रेलाई जिताउन कम्युनिष्ट सरकारले गरेका देश विरोधी काम र झुटको राजीतिलाई कांग्रेसले चिर्नुपर्ने वाग्लेले बताए । एमसीसी देश बनाउने परियोजना रहेकाले कांग्रेसले अडिक भएर एमसीसीको पक्षमा अडान लिएको कुरा जनतालाई बुझाउन कार्यकर्तालाई उनले आग्रह गरे ।
अहिले नारा मात्र दिएर नहुने भन्दै वाग्लेले उम्मेदवारको व्यक्तीत्व पनि लोकप्रीय हुन पर्ने बताए । कांग्रेसले देश अप्ठ्यारोमा पर्दा देशलाई निकास दिएको देशकै अग्रणी पार्टी रहेकाले जनतालाई विश्वश दिलाएर रुखमा भोट हाल्न प्रेरीत गर्नुपर्ने उनले बताए ।
उनले भने, एमसीसीको पक्ष र विपक्षमा मुलुकलाई विभाजन गर्न कोसीस गरियो । स्वाधिनताको लागि, सर्वभौमसत्ता, स्वतन्त्रताका लागि हजारौ सहिदहरुलाई जन्मायो, त्यो पार्टीले देशको सार्वभौमसत्ता र स्वतन्त्रता अर्कालाई बुझाउने गरि सम्झौता गर्न सक्छ ?
कार्यक्रममा कांग्रेस नेता एवं पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व जिल्ला सभापति कृष्ण केशी, महाधिवेशन प्रतिनिधि सारदा पौडेल र देवराज चालिसे, गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्का, क्षेत्रनम्बर ३ का क्षेत्रीय सभापती मनोज गुरुङले बोल्दै एकताबद्ध भएर निर्वाचनमा लाग्न सके कांग्रेसको जित टाढा नरहेको बताएका थिए ।
कास्की कांग्रेसले जिल्लाका ७२ वटै वडामा पुग्ने संयोजक र सदस्यहरुको नाम पनि टुन्गो लगाएको छ । सो वारे कार्यक्रममा जानकारी दिइएको थियो ।