ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक बृद्धाको मृत्यु

केन्द्रभाग मिडिया

File Photo

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक वृद्धा महिलाको जनाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका( ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि आगलागी हुँदा एक महिलाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिएका छन्।

आगो लाग्दा वृद्धा आमा घरभित्रै रहेको बताइएको छ। घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा वृद्धको मृत्यु भएको हो ।
उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ।

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:२३ प्रकाशित