वलिउड अभिनेत्री सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रभाग मिडिया

वलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीमाथि ३७ लाख भारतीय रुपैँया लिएर इभेन्टमा नगएको आरोप लगाइएको छ। बलिउड हंगामाका अनुसार सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन भनिएको छ। उनीमाथि ४२०, ४०६ धारा लगाइएको छ।

सोनाक्षीले भने यसबारे आफूलाई केही थाहा नभएको बताइएकी छन्। उनले अफवाहको पछाडि नलाग्न मिडियाहरुलाई आग्रहसमेत गरेकी छन्। मलाई प्रताडित गर्ने उद्देश्यले र मेरो छबि बिगार्ने उद्देश्यले यस्तो अफवाह फैलाइएको छ। यस्तो खबरहरुलाई स्पेश नदिन सबै मिडियाकर्मीसामु अपील गर्न चाहन्छु, उनले भनेकी छन्।

उनले यो मामला मुरादावाद अदालतमा चलिरहेको र इलाहवाद उच्च अदालतले स्टे अर्डर जारी गरेको बताइन्। उनले मुरादावाद अदालतलाई यस मुद्दाको फैसल गरिदिन आग्रह गरेकी छन्। उनले आफूविरुद्ध अहिलेसम्म कुनै वारेन्ट
जारी नभएको दाबी गरेकी छन्।

  • २४ फाल्गुन २०७८, मंगलवार १७:०३ प्रकाशित