सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन् ।
आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।
‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन ।’
अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।