आज यी स्थानमा हल्का हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया मौसम सफा रहने जनाएको छ।

देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाले जनाएको हो । देशको पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रही हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।त्यसैगरी, राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

  • २३ फाल्गुन २०७८, सोमबार ०८:५२ प्रकाशित