महाभियोग सिफारिस समिति गठनः को–को परे समितिमा ? नामसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।

समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् ।प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

महाअभियोग सिफारिस समितिको नामावली

एमाले

१. विष्णु पौडेल

२. लालबाबु पण्डित

३. शिवमाया तुम्बाहाम्फे

४.कृष्णभक्त पोखरेल

कांग्रेस

५. मिनबहादुर विक

६.रामबहादुर विष्ट

माओवादी

७.यसोदा सुवेदी

८.रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०.एकवाल मियाँ

जसपा

११. प्रमोद साह

  • २२ फाल्गुन २०७८, आईतवार १५:०२ प्रकाशित