माओवादी फुट्ने निश्चितप्राय : नारायणकाजीले भने, ‘प्रचण्डसँग बस्न सकिन्न’

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बस्न नसक्ने नेता नारायणकाजी श्रेष्ठको निष्कर्षपछि माओवादी विभाजित हुने निश्चित जस्तै भएको छ ।

माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको हो ।

एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मोर्चा बनाएका छन् । उनीहरुले छुट्टै बैठक बसेर प्रचण्डले पार्टी निर्णयविरुद्ध गएर एमसीसी अनुमोदन गरेको भन्दै सँगै रहन नसकिने निष्कर्ष निकालेका छन् ।

माओवादीका श्रेष्ठनिकट एक नेताका अनुसार अब मिलेर बस्न नसकिने निष्कर्ष निकालिएको छ । प्रचण्डले पार्टी, देश र जनतालाई धोका दिएको भन्दै श्रेष्ठ समूहले नयाँ ढंगले बढ्ने निष्कर्ष समेत निकालेको छ ।

यसैगरी, श्रेष्ठले एमसीसी विरोधी कम्युनिस्ट शक्तिहरुसँग छलफल बढाउन थालेका छन् । उनले विप्लवलाई भेटिसकेका छन् ।

  • १९ फाल्गुन २०७८, बिहीबार १७:०० प्रकाशित