भोलि एमसीसीको विरोधमा जनसभा: झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेताहरु संगठित हुने भएका छन् । एमसीसीको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभामा गर्ने भएका छन् ।

खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका छन् ।

त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतले सम्बोधन गर्ने भएका हुन् ।

  • १९ फाल्गुन २०७८, बिहीबार १३:२२ प्रकाशित